धनगढी- रुपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)मा आफ्नो लिग चरणको अन्तिम खेलमा धनगढी स्टार्सलाई जितका लागि १ सय ७ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको रुपन्देहीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन जोडेको हो ।
मैसमका कारण ढिलो सुरु भएकाले खेल १५ ओभरमा छोट्याइएको थियो । रुपन्देहीका लागि सुशमित महर्जनले सर्वाधिक ३३ रन जोडे । उनले २४ बल खेल्दै दुई चौका र दुई छक्का प्रहार गर्दै ३३ रन जोडेका हुन् ।
विनोद भण्डारीले २४ रन जोड्दा २५ बलमा दुई चौका प्रहार गरे । त्यस्तै बाबर हायातले १९ र बिक्रम सोबले ११ रन जोड्दा अनय ब्याट्सम्यानले भने दोहोर अंक छुन ससकेनन् । तर, ललित सिंह भण्डारी चोट लागेपछि रिटायर्ड हार्ट भएका थिए ।
धनगढीका लागि कप्तान सोमपाल कामी र विपिन कार्कीले दुई तथा रोहन मुस्ताफा, पवन सराफ र आमिर हायातले एक एक विकेट लिए ।
धनगढी यसअघि नै प्रतियोगिताबाट बाहिरि सकेको छ । आजको यो खेल जिते धनगढीका लागि प्रतिष्ठाको बिषयमात्र हुने छ । यता रुपन्देही भने क्वालिफायरमा प्रवेश गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४