बुधबार, असोज २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता लिने र नाम सच्याउने समय दिउसो २ बजेसम्म

कांग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता लिने र नाम सच्याउने समय दिउसो २ बजेसम्म

 |  बुधबार, असोज २१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेदवारी फिर्ता लिन, उम्मेदवारीको सच्चाउन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए त्यससम्बन्धी दाबी गर्न आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै उम्मेदवारको मनोनयन फिर्ता, उम्मेदवारीको सच्चाइ पाउने निवेदन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए त्यसको दाबीसम्बन्धी प्रक्रिया अघि बढाएको हो।

समितिका अनुसार निर्धारित समयभित्र सम्बन्धित उम्मेदवार वा प्रतिनिधि सदस्यले आवश्यक प्रक्रिया पूरा गरी दाबी वा निवेदन पेश गर्न सक्नेछन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यसअघि उम्मेदवारहरूको पहिलो नामावली प्रकाशित भइसकेको छ। उक्त नामावलीमाथि प्राप्त दाबी तथा निवेदनका आधारमा निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर विहिबार बिहान देखि नै मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको छ।

प्रकाशित: Oct 07, 2026| 12:29 बुधबार, असोज २१, २०८३
प्रतिक्रिया दिनुहोस्