काठमाडौं। श्यामकृष्ण खड्गीले नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि रहेका खडगीले १५औँ महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। अब उनले प्रतिष्पर्धा सभापति गगन थापासँग हुने भएको छ। त्यस्तै काँग्रेसको सभापतिमा काँग्रेस नेता किशोरसिंह राठोरले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ।