एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग अन्तर्गतमा संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति सेन्ट एटिएनको मैदानमा पिएसजीले १-० को संघर्षपूर्ण जित निकालेको हो ।
पाहुना टोली पिएसजिलाई जित दिलाउन युवा फरवार्ड किलियन एमबाप्पेले एक मात्र निर्णायक गोल गरेका हुन् । उनले पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गरेका थिए । उनले खेलको ७३ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो ।
ड्यानी आल्भेसको पासलाई सदुपयोग गर्दै एमबाप्पेले एक मात्र सनर्णायक गाले गरेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट एटिएनले केहि दवाव सिर्जना गरेपनि पीएसजीले जित दर्ता गर्न सफल रह्यो ।
स्टार खेलाडीद्वय नेयमार र एडिन्सन काभानीविनै खेलिरहेको पीएसजीले २३ खेलमा ६२ अंक जोड्दै शीर्षस्थानमा एथावत गरेहको छ । २५ खेलमा ५० अंक जोडेको लिल दोस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४