एजेन्सी- स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लने मौकाबाट रियल मड्रिड वञ्चित भउको छ। ला लिग अन्तरगत आइतबार बेलुकी भएको खेलमा रियलले जिरोनासँग पराजय ब्यहोर्नु परेको छ। रियल जिरोनासँग २-१ गोलले स्तब्ध भएको हो।
घरेलु मैदानमा भएको खेलमा रियलले गरेको पहिलो एक गोलको अग्रतालाई अन्तिम समय सम्म जोगाउन नसक्दा आफ्नै घरेलु मैदनमा लजास्मद हार ब्यहोर्नु परेको हो। रियलका लागि खेलको २५ औं मिनेटमा कासेमिरोले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो दुई खाएको थियो।
जिरोनाका लागि खेलको ६५ औं मिनेटमा स्टुनीले पेनाल्टी मार्फत गोल गर्दै जिरोनालाई पलिहो सफलता दिलाएका थिए। त्यसको ७५ औं मिनेटमा पोर्टुले पाहुना टिम जिरोनालाई अग्रता दिलाए । लगातार पाँच खेलमा हारेको जिरोनाले सो श्रृखंलामा पुर्ण विराम लगाएको छ ।
आजको हारसंंगै रियलको ५ खेलको अपराजित यात्रा पनि समाप्ता भएको छ । रियलले २२ खेलबाट ४५ अंकसंगै रियल दोस्रो स्थानमा छ । उता शिर्ष स्थानको बार्सिलोना रियल भन्दा ९ अंकले अघि छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४