बिहीबार, असोज १५, २०८३

संघीय संसदका दुई समितिको बैठक बस्दै

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं- आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ। आज प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

आज बिहान ८ बजेदेखि शुरु हुने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय-समयमा दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयनको अवस्था र कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषयमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

त्यस्तै आज विहान ११: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ को मसौदा प्रतिवेदन माथि छलफलको कार्यसूची रहेको छ।

प्रकाशित: Oct 01, 2026| 07:39 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्