शनिबार, साउन १६, २०८३

काठमाडौंले दियो रुपन्देहीलाई १३४ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- दुई खेल अगावै धनगढी प्रिमियर लिगको प्ले-अफमा पुगिसकेको कठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई जितका लागि १ सय ३४ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रन जोडेको हो । 

काठमाडौंका लागि अंकित दवासले सर्वाधिक ४३ रन जोडे । उनले ४० बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा ४३ रन जोडेका हुन् । अनिल कुमार साहले २३ रन जोडे । उनले २६ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरे । 

योगेन्द्रसिंह कार्की १३, ज्ञानेन्द्र मल्ल १२ रन, मेहबुब आलम ११, गौरभ तामोर ८ रनमा आउट भए । रसिद खान १४ रन र नन्दन कुमार यावद शुन्य रनमा अविजित रहे ।

रुपन्देहीका लागि अनिल खरेल, बिक्रम सोब र पुनित मेहराले दुई दुई तथा ललितसिंह भण्डारीले एक विकेट लिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।