बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ

दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ

 |  बुधबार, असोज १४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०८३

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई बैंकको शेयरमूल्य समायोजन भएको छ। नबिल बैंक र गरिमा विकास बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले बोनस शेयरअनुसार शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले नबिल बैंकको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनस शेयरका आधारमा मूल्य समायोजन गरेको हो। समायोजनपछि नबिल बैंकको शेयरमूल्य प्रतिकित्ता ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ। त्यस्तै, गरिमा विकास बैंकको समायोजित शेयरमूल्य ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार बनाएर दुवै बैंकको शेयरमूल्य समायोजन गरेको हो। मंगलबार दोस्रो बजारमा नबिल बैंकको शेयर ५६६ रुपैयाँ र गरिमा विकास बैंकको शेयर ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। समायोजित मूल्यलाई आधार मानेर बुधबारदेखि दोस्रो बजारमा दुवै बैंकको शेयर कारोबार खुल्नेछ।

प्रकाशित: Sep 30, 2026| 10:34 बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्