बुधबार, चैत २५, २०८२

महेन्द्रनगरको पहिलो जित, अत्तरियाको हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेड तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)मा आफ्नो पहिलो जित निकालेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा सिवाइसी अत्तरियासँग ७ विकेटले विजयी हुँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । अब महेन्द्रनगरले अर्को चरणका प्रवेश गर्न अन्य टोलीको नतिजा पर्खनु पर्ने छ । यता अत्तरियाको भने यो पहिलो हार हो । 

अत्तरियाले दिएको ५५ रनको लक्ष्य पट्याएको महेन्द्रनगरले ५.४ ओभरमा मात्र ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो । महेन्द्रनगरका लागि आनन्द सुब्रमन्नियमले १७ रन जोडे । उनले ९ बल खेल्दा २ चौका र १ छक्का प्रहार गरेका थिए । मोहमद नाभिद ६, शरद भेषवाकर ५ रनमा आउट भए । आरिफ सेख १८ रन र कुसल मल्ल ६ रनमा अविजित रहे । अत्तरियाका लागि भुवन कार्कीले दुई तथा दिपेन्द्र रावतले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अत्तरियाले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै ५४ रन जोडेको हो । अत्तरियाका लागि ओप्नर सन्नी पटेलले १९ रन जोडे । उनले ११ बल खेल्दै २ छक्का प्रहार गरेका थिए । त्यस्तै अर्का ओप्नर जयकिशन कोल्सावालाले १० रन जोडे । 

उनले ६ बल खेल्दा १ छक्का प्रहार गरेका थिए । कप्तान दिपेन्द्र सिंह ऐरीले १०, सन्दीप जोरा ४ र कमल सिंह ऐरी शुन्य रनमा आउट हुँदा भुवन कार्की र रित गौतम समान ४ रनमा अविजित रहे ।

महेन्द्रनगरका लागि सागर ढकाल र अभिनास बोहराले दुई दुई तथा शरद भेषवाकरले एक विकेट लिए । 

यसअघिको लिग चरणमा महेन्द्रनगरले लिगको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग २ रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ रनले पराजित भएपछि त्यसपछिका दुई खेलमा बर्षाका कारुण अंक बाढ्न बाध्य भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।