एजेन्सी- प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी एफ ए कप फुटलबको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पाँचौ चरणको खेलमा दोस्रो डिभिजनको क्लब न्युपोर्ट कन्ट्रीलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सिटीले सिटीले सहज जित निकालेको हो ।
पहिलो हाफ बराबरीमा रोखिएका दुबै क्लबले ५ वटै गोल दोस्रो हाफमा गर्न सफल भएका थिए । सिटीले दोस्रो हाफको ५१ औ मिनेटमा लिरो सानेको गोलबाट अग्रता बनाएको थियो । त्यस्तै फिल फोडिनले ७५ औ मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
उता पडरिग अमोण्डले ८८ औ मिनेटमा न्युपोर्टका लागि एक सान्तोना गोल फर्काएका थिए । उनले गरेको गोलको एक मिनेट पछि फोडिनले गोल गर्दै सिटीलाई ३-१ को अग्रता दिलाए ।
सिटीका लागि दोस्रो हाफको ईन्जुरी समयमा रियाद महरेजले गोल गर्दै टिमलाई सहज जित निकाल्न सहयोग पुगाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४