शनिबार, साउन १६, २०८३

रोनाल्डो र डिबालाले किन एक अर्काको सेलिब्रेसन गरे?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- शुक्रबार राति फ्रोसिनोनीविरुद्ध भएको खेलमा युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालाले जारी सिजनको सिरी ‘ए’मा आफ्नो तेस्रो गोल गरे । जारी सिजनमा लय बाहिर रहेका अर्जेन्टिनी स्ट्राइकर डिबालाले फ्रोसिनोनीविरुद्धको खेलमा सुरुवाती छैटौं मिनेटमा नै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । 

उनले पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्दै जारी सिजनमा आफ्नो तेस्रो गोल पुरा गरेका थिए । डिबालाले फ्रोसिनोनीविरुद्ध पहिलो गोल गर्दा रोनाल्डोको सेलिब्रेसन गरे । 

उनले गोल गरे पछि रोनाल्डोको ‘राइट हियर, राइट नाउँ’ सेलिब्रेसन गरेका हुन् । अन्तर्राष्ट्रिाय सञ्चार मध्यमका अनुसार उक्त गोल रोनाल्डो स्वयमले नै गर्न सक्थे । तर, रोनाल्डोले लय बिहिन भएका डिबालाई पास दिँदै उनलाई लयमा फर्काउने प्रयास गरेको बताइएको छ । 

फ्रोसिनोनीविरुद्ध खेलमा युभेन्ट्सले ३-० ले जित दर्ता गर्दा अन्तीम गोल रोनाल्डोले गरेका थिए । रोनाल्डोले गोल गर्दै डिबालाको सेलिब्रेसन गरे । उनले डिबालाको ‘टे«ड मार्क’ सेलिब्रेसन गरेका थिए । सोहि खेलमा रोनाल्डोले गोल गर्दै डेबालालाई हौसला प्रदान गर्न उनको सेलिब्रेसन गरेको बताईएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।