शनिबार, साउन १६, २०८३

एट्लेटिको मड्रिड ला लिगाको दोस्रो स्थानमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई १-० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । 

पहिलो हाफ गोल रहित बराबरी खेलेको खेलको दोस्रो हाफमा मात्र उक्त गोल सम्मभव भएको थियो । एट्लेटिकोको जितका लागि खेलको एक मात्र निर्णाय गोल एन्टोनी ग्रिजम्यानले गरे । 

उनले खेलको ७४ औ मिनेटमा गरेको गोल नै एट्लेटिकोका लागि पर्याप्त बन्यो । पछिल्लो तीन खेलमा एट्लेटिकाको यो पहिलो जित हो । रियल बेटिस र रियल मड्रिडसँग गत महिना पराजित भएपछि एट्लेटिकोले अंक जोड्न सकेको थिएन । 

यसजितसँगै एट्लेटिकोले २४ खेलबाट ४७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । रियल ४५ अंक सहित तेस्रो स्थानमा छ । रियलले एक खेल कम खेलेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।