शनिबार, साउन १६, २०८३

रोड रेसमा गजेन्द्र र विश्वरुपालाई उपाधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पाँचौ ओपन रोड रेसमा विभगाीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरुपा बुढाले उपाधि जितेकी छन् । शनिबार भएको ५ किलोमिटर रोड रेसको पहिलो, दोस्रो र तेस्रोस्थानमा आमीनै रह्ये । १५ मिनेट २७ दशमलब २५ सेकेण्डमा पुरा गर्दै गजेन्द्र पहिलो हाँदा हरि कुमार रिमाल दोस्रो र टिकाराज कटुवाल तेस्रो भए । हरिले निर्धाति दुरी पार गर्न १५ मिनेट ३५ सेकेण्ड खर्चदा टिकाराजले १५ मिनेट ३५ दशमलब ५० सेकेण्ड खर्चेको थिए । 

त्यस्तै सोहि विधाको महिला खुल्लातर्फ आर्मीकी विश्वरुपा बुढाले १८ मिनेट १ दशमलव ६६ सेकेण्डम पुरा गर्दै च्याम्पियन बनिन् । दोस्रो भएकी धादिङकी सन्तोषी श्रेष्ठले १८ मिनेट २० दशमलव २९ सेकेण्डमा दुरी पुरा गरिन् । विभागीय नेपाल पुलिस क्लबकी राजपुरा पचहाईले १८ मिनेट ३२ दशमलव २० सेकेण्डम दुरी पार गर्दै तेस्रो स्थान हात पारिन् ।े पुरुष र महिलाको खुल्लातर्फको विजेताले क्रमस समान २५ हजार, १५ हजार र १० हजार प्राप्त गरे । 

ब्वाइज ओपनमा सन्तोषनाथ योगी पहिलो, नविन कार्की दोस्रो र आलोक थापाले तेस्रो स्थान हात पारे । गल्र्स ओपननमा विनिता स्याङतेनले पहिलो, विलाक्षी गौतमले दोस्रो र एलिना केसीले तेस्रो स्थानहात पारिन् । 

अल्मुनाईतर्फ पुरुषमा पेम्वा शेर्पा र महिलामा रविना श्रेष्ठ च्याम्पियन बने । इन हाउस अभिभावकतर्फको महिलामा राष्ट्रिय कराते खेलाडी अनु अधिकारीले पहिलो स्थान हात पारिन् । सुनिता राई दोस्रो तथा करातेकी तार गुरुङले तेस्रो स्थान हात पारिन् । पुरुषतर्फ भेग बहादुर पहारी, किरण राई र निमा दोर्जे लामा क्रमश पहिलो, दोस्रो र तेस्रो भए । 

सोही अवसरमा विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालाई स्वर्ण दिलाएका महेश्रर महर्जनलाई २५ हजार रूपैयासहित विशेष सम्मान गरिएको मन्डे काजी श्रेष्ठले जानकारी दिए । करिव १ हजार जना धावकले प्रतिस्पर्धा गरेको म्याराथन प्यारागन स्कुल प्राङ्गण तिलगङ्गाबाट शुरु भएर गौशला, बत्तिसपुतली, पुरानो बानेश्वर, सिनामङ्गल, एयरपोर्ट हुँदै स्कुल प्राङगणमा आएर टंगिएको थियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।