काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहत्वपूर्ण सदस्य सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग ब्यास लिग (बिबिएल) टी-२० क्रिकेटको फाइनलमा मेलबर्न रेनिगेड्ससँग भिड्ने भएको छ । फाइनल खेल आइतबार नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुने छ ।
स्टार्सले सेमिफाइनल खेलमा होबर्ट हुरिकेनसलाई पराजित गर्दै फाइनल पुगेको थियो । होबर्ट स्टार्ससँग सेमिफाइनल खेलमा ६ विकेटले विजयी भएको थियो । शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको होबर्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनको लक्ष्य सुम्पेको थियो । जवाफमा स्टार्सले १८.५ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो ।
यता रेनिगेड्सले सेमिफाइनल खेलमा सिड्नी सिक्सर्सलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । सिड्नी रेनिगेड्ससँग बिहिबार भएको फाइनल खेलमा ३ विकेटले पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४