शुक्रबार, भदौ २६, २०८३

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात

 |  शुक्रबार, भदौ २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०८३

काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। 

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। 

त्यस्तै, बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको बताइएको छ।

प्रकाशित: Sep 11, 2026| 20:02 शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्