शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा

रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा

 |  शुक्रबार, भदौ २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०८३

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोजीका लागि शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ।

टनेलभित्र फसेकाहरूको खोजीका लागि बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ। इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गर्ने अवस्थामा पुगेको छ।

बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार टोलीले टनेलतर्फ जाने बाटो खुलाउँदै केही सयममा नै प्रवेश गर्दै छ। 

टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले लगातार भग्नावशेष पन्छाइरहेको छ। 
 

प्रकाशित: Sep 11, 2026| 17:29 शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्