काठमाडौं- पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ।
आर्थिक वर्ष २०८२/८३ मा प्राप्त एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिका मात्रै ७२७ छन्। प्रतिबद्धता आएका लगानी क्षेत्रमध्ये उत्पादन ६३, ऊर्जा चार, कृषि १८, पर्यटन २२७, सेवामूलक ७१, पूर्वाधारका दुई छन्।
उद्योग विभागका अनुसार लगानीकर्ताले ५८ अर्बको वैदेशिक लगानीको प्रतिबद्धता जनाएका छन्। आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न ८४२ परियोजनाका लागि करिब ६४ अर्बको प्रतिबद्धता आएको विभागले बताएको छ।
विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार लगानीकर्ताले आफ्नो चासोको क्षेत्र नै खोज्छन्। केही परियोजना ठूलो लगानीको हुने भएकाले पुँजीको आकार बढ्न जाने उनको भनाइ छ।