काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको वनिाशकारी बाढीबाट प्रभावति चिलिमे जलवद्यिुत आयोजनाको टनेल क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारएिको छ।
टनेलभत्रि फसेकाहरूको खोजीका लागि बिहानैदेखी एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम जारी छ। इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलको मुखनजिक पुगसिकेको छ। बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार कार्यलाई तीव्रता दिइएको उनले बताए।
नयाँ टनेलभत्रि फसेका श्रमकि तथा अन्य व्यक्तहिरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले द्रुत गतिमा अवरोध पन्छाउने काम गरिरहेको इन्जिनियर चौधरीले जानकारी दिए।
काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ। नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो।
प्रहरीको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष र ३३८ महिला रहेका छन् भने ५०५ वटा आंशिक मानव अंग फेला परेका छन्। फेला परेका शवमध्ये १०३ वटा शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने १,१४८ शव सुरक्षित तवरले जमिनमुनि व्यवस्थापन गरिएको छ। त्यस्तै पहिचान नभएका १,३२६ विवरण वेबसाइटमा अपलोड गरिएको छ। शव पहिचानका लागि मृतकका १,२८६ र मृतकका आफन्तका १,७१२ गरी कुल २,९९८ जनाको डीएनए नमुना संकलन गरिएको छ।
बाढीमा परी हालसम्म ४ हजार ८९ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा स्वदेशी नागरिक ३,४७९ (२,९०७ पुरुष र ५७२ महिला) तथा विदेशी नागरिक ६१० (२७२ पुरुष, ३२८ महिला र १० अन्य) रहेका छन्।
आपत्कालीन उद्धार कार्यअन्तर्गत हालसम्म घाइते तथा प्रभावित गरी कुल ९,२८७ जनाको उद्धार गरिएको छ। जसमा ६,४०७ पुरुष, २,८३० महिला र ५० जना पहिचान नखुलेका रहेका छन्। उद्धार गरिएका नागरिकमध्ये हाल ३,१७६ जना विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रित छन्।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७,८७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। बाढीका कारण २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी प्रभावित भएका छन्।
यसैगरी, विपद् जोखिम न्यूनीकरण तथा सचेतना अभिवृद्धिका लागि प्रभावित क्षेत्रहरूमा १६६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा ४५,२३८ जना स्थानीय नागरिकको सहभागिता रहेको नेपाल प्रहरीले जनाएको छ।