बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालू आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमकको व्यापारमा साढे ६ अर्ब बढी

चालू आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमकको व्यापारमा साढे ६ अर्ब बढी

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं। जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना अर्थात् साउनमा ६ अर्ब ५७ करोड १८ लाख रुपैयाँ बढी व्यापार भित्र्याएका छन्। कम्पनीहरुले गत आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनाको तुलनामा चालू आवको साउन महिनामा उक्त रकम बढी व्यापार भित्र्याएका हुन्। 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको साउनमा महिनामा १४ वटा जीवन बीमकले तीन लाख ८५ हजार ९२१ वटा बीमालेख जारी गर्दा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ बढी व्यापार भित्र्याएका थिए। 

गत आव साउनमा १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ भित्र्याएका थिए। गत आवको तुलनामा कम्पनीहरूको व्यापार चालू आवमा ३३.४४ प्रतिशतले बढेको छ। चालू आवको साउनमा सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। ग्रोथको हिसाबले भने राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ।

एक महिनामा नेपाल लाइफले ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार १२.९३ प्रतिशतले बढेको छ ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। कम्पनीले एक महिनामा ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीले ४३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ८२०.१६ प्रतिशतले बढेको छ।

तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले साउनमा २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको व्यापार २०.६५ प्रतिशतले बढेको छ । 

चालु आवको एक महिनामा हिमालयन लाइफले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले २ अर्ब १४ करोड १४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ, सिटिजन लाइफले ९६ करोड १ लाख रुपैयाँ, आइएमई लाइफले ९० करोड ९४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा हिमालयन लाइफको व्यापार १३.११ प्रतिशत, एलआईसी नेपालको ४.९८ प्रतिशत, सूर्यज्योति लाइफको २१.९० प्रतिशत, एसियन लाइफको १७.१४ प्रतिशत, सिटिजन लाइफको १२.११ प्रतिशत, आइएमई लाइफको ३६.६३ प्रतिशत र सानिमा रिलायन्स लाइफको १८.७३ प्रतिशतले व्यापार वृद्धि भएको छ।

एक महिनामा प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख रुपैयाँ, मेटलाइफले ६० करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफले ४६ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। 

अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफको २३.३९ प्रतिशत, रिलायबल नेपाल लाइफको २१.४६ प्रतिशत, मेट लाइफको ११.६४ प्रतिशत र सन नेपाल लाइफको २७.८५ प्रतिशतले व्यापार बढेको छ।

799946502_1499351622229250_5917970718753825075_n-1789034807.png
 

प्रकाशित: Sep 10, 2026| 15:51 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्