बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीबाट प्रभावितका लागि यशोदा ग्रुपकाे साढे ३ करोड नगद र ३० लाखको 'करेन्ट' चाउचाउ सहयोग

बाढीबाट प्रभावितका लागि यशोदा ग्रुपकाे साढे ३ करोड नगद र ३० लाखको 'करेन्ट' चाउचाउ सहयोग

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपले ३ करोड ८१ लाख रुपैयाँभन्दा बढीको आर्थिक तथा जिन्सी सहयोग गरेको छ।ग्रुप अन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाको प्रालिले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेका हुन्।

ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरम्यान चुन्नप्रसाद शर्माले संयुक्त रूपमा सो रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे। यसबाहेक, कम्पनीले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्र तथा आश्रयस्थलहरूमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ राहत सामग्रीका रूपमा वितरण गरिसकेको जनाएको छ।

विपद्को यस घडीमा प्रभावित नागरिकका लागि आवश्यक परे थप राहत तथा सहयोग उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको यशोदा ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Sep 10, 2026| 12:30 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्