काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३४ सयले बढेर तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ४ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ४८५५ मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४७५० मा कारोबार भएको थियो।