बिहीबार, भदौ २५, २०८३

तीन वटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- आज संघीय संसदको प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ।

आज बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर र जलवायु अनुकूलन तथा जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरू सम्बन्धमा  कृषि, वन तथा पर्यावरणमन्त्री, सचिव र वातावरण विज्ञसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

त्यस्तै, विहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ। 

त्यसैगरी, बिहान ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना बारे फैसला कार्यन्वयन निर्देशनालयसँग छलफलको कार्यसूची रहेको छ। साथै बैठकमा कानुनमन्त्री, सचिव र निर्देशनालयका महानिर्देशकलाई बोलाइएको समितिले जानकारी दिएको छ।

प्रकाशित: Sep 10, 2026| 07:57 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्