बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच सेवा सुविधामा विशेष छूट सम्झौता

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच सेवा सुविधामा विशेष छूट सम्झौता

 |  बुधबार, भदौ २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०८३

काठमाडौं- मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्राइभेट लिमिटेड (Nancy Automobiles Pvt. Ltd.) र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीहरूलाई विशेष छूट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा तिनका परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडीहरू खरिद गर्दा मोडल अनुसार अधिकतम  १,७५,०००/- (एक लाख पचहत्तर हजार) सम्म नगद छूट प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौता पत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक श्री मधुकर शाह र प्रभु बैंक लिमिटेडका तर्फबाट सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख श्री लेख बहादुर पुनले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो। यो सम्झौता सन् २०२६ सेप्टेम्बर ०७ देखि प्रारम्भ भई सन् २०२७ सेप्टेम्बर ०६ सम्म (एक वर्षका लागि) कायम रहने बैंकले जनाएको छ।

'विश्वास लिन्छौँ, विश्वास दिन्छौँ' भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको प्रभु बैंकले देशभर रहेका आफ्ना ३०० शाखा कार्यालय, २६२ एटिएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रवाह गरिरहेको छ।

प्रकाशित: Sep 09, 2026| 13:48 बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्