मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपा सांसद धितालको प्रश्न- सुध्रिनु अरुले मात्रै पर्ने, हामीले चाहिँ नपर्ने?

रास्वपा सांसद धितालको प्रश्न- सुध्रिनु अरुले मात्रै पर्ने, हामीले चाहिँ नपर्ने?

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले जेन्जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि आयोजित कार्यक्रममा सहिद र घाइतेको भावनाको सम्मान हुन नसकेको टिप्पणी गरेकी छन्।

मंगलबार आयोजना गरिएको सो कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोबिता गौतमलगायतले सम्बोधन गरेका थिए।

उनले कार्यक्रमको स्वरूपप्रति असन्तुष्टि जनाउँदै आफ्ना सन्तान गुमाएका परिवार र आन्दोलनमा घाइते भएकाहरूको पीडालाई कार्यक्रमले कसरी सम्बोधन गर्‍यो भन्ने प्रश्न उठाएकी छन्। कार्यक्रममा धर्मगुरुको उपस्थितिको औचित्यमाथि समेत उनले प्रश्न गरेकी छन्।

धितालले जेन्जी आन्दोलनका क्रममा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र निरंकुश सत्ताको विरोधमा सडकमा उत्रिएको स्मरण गर्दै अहिले आफूहरूमाथि प्रश्न गर्नेहरूलाई धम्की र चेतावनीको भाषा प्रयोग गर्न नहुने बताएकी छन्।

उनले आन्दोलनको मूल भावना र सहिदहरूको बलिदानलाई आत्मसात् गर्दै आफूहरू पनि सुध्रिनुपर्नेमा जोड दिएकी छन्। 

सो कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पुराना दलका नेताहरुलाई समय छदै सुध्रिन चेतावनी दिएका थिए । सांसद धितालले गृहमन्त्रीको नाम उल्लेख नगरी उनीप्रति कटाक्ष गर्दै आत्मसमीक्षाको आवश्यकता  औल्याउदै उनले भनेकी छन्- 'सुध्रिनु अरुले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान ?' 

प्रकाशित: Sep 08, 2026| 19:45 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्