मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने?

चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने?

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। उनले सुरुङभित्र रहेका ६ जनासम्मलाई छिट्टै जीवित उद्धार गर्न सकिने आशा व्यक्त गरेका छन्।

ढकालका अनुसार नेपाली सेनासँगको सहकार्यमा उद्धार टोली घटनास्थलमै खटिएको छ। सेनालाई विस्फोट गराउन सुरक्षित रहेको जानकारी दिएपछि उद्धारको गति बढेको र पछिल्ला दुई दिन विस्फोट गराइएको उनले बताएका छन्। उनका अनुसार भोलिसम्म सुरुङको मुखसम्म उत्खनन गर्ने यन्त्र पुग्नेछ र त्यसपछि भित्र प्रवेश गरेर उद्धारको काम थप तीव्र हुने अपेक्षा गरिएको छ।

बाँकी कामका लागि पुल्चोक क्याम्पसमा आवश्यक मेसिन तयार भइरहेको र त्यो भोलि बिहान घटनास्थलमा आइपुग्ने ढकालले बताएका छन्। सुरुङभित्र खाना र पानी रहेको हुनसक्ने तथा केही व्यक्तिको स्वास्थ्य अवस्था स्थिर रहेको हुनसक्ने अनुमान गर्दै उनले छिट्टै उद्धार गर्न सकिने बताएका छन्।

प्रकाशित: Sep 08, 2026| 19:01 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्