काठमाडौं। बिजु पार्कीको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ।
फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रको दुई फरक पहिलो झलक सार्वजनिक गर्दै निर्माण सुरु भएको जानकारी दिइएको हो।
चलचित्रमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहनेछ। पहिलो झलकले चलचित्र द्वन्द्वप्रधान तथा रोमाञ्चक कथामा आधारित रहेको संकेत गरेको छ। चलचित्रमा २०२७ लेखिएको पोस्टर पनि सार्वजनिक गरिएको छ।
यो बिजु पार्कीको पहिलो निर्देशन रहनेछ। चलचित्रको छायाङ्कन छिट्टै सुरु हुने निर्माण पक्षले जनाएको छ।