मंगलबार, भदौ २३, २०८३

धादिङको परेवाटार-मास्टार सडक आज साँझ ६ बजेसम्म बन्द हुने

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

काठमाडौं- भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल बगेपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सडक मर्मतका लागि एक दिन पूर्ण रूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकमा थप मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उक्त मार्गमा सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइने भएको छ।

प्रशासन कार्यालयले सो अवधिमा यात्रा गर्ने यात्रुलाई धादिङबेंसी–सुनौलाबजार–भोर्ले–कोसिखोला–फोस्रेटार–कल्लेरीटार सडक वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

सडक मर्मतका कारण यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति प्रशासन कार्यालयले क्षमायाचना गरेको छ।

प्रकाशित: Sep 08, 2026| 09:26 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्