अत्तरिया । अत्तरियास्थित ज्ञान ज्योति सेकेन्डरी स्कुलले हालैको बाढीपीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख २२ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको छ।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरूबाट सङ्कलन गरिएको उक्त रकम प्याब्सन अत्तरियामार्फत राहत कोषमा जम्मा गरिएको प्याब्सन गोदावरी नगर कमिटीका अध्यक्ष मदन जोशीले जानकारी दिए।
सहयोग रकम हस्तान्तरणबारे बोल्दै ज्ञान ज्योतिका प्राचार्य एवं प्याब्सनका केन्द्रीय सल्लाहकार जगविर थापाले सामाजिक विपद् र सङ्कटको घडीमा परेका नेपालीहरूलाई मद्दत गर्नु सबै नागरिक तथा संस्थाको दायित्व भएको बताए।