सोमबार, भदौ २२, २०८३

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२० जना घाइते

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशबाट २ जना र काठमाडौँ उपत्यकामा एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२० जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने कोशीमा १२ जना, काठमाडौँ उपत्यकामा १४ जना, सुदूरपश्चिममा १६ जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा ३० जना, कर्णालीमा ९ जना र गण्डकीमा ४ जना घाइते भएका छन्।

प्रकाशित: Sep 07, 2026| 12:03 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्