सोमबार, भदौ २२, २०८३

आज निजामती सेवा दिवस, औपचारिक कार्यक्रम नहुने

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- आज निजामती सेवा दिवस परेको छ। नेपालमा निजामती सेवा गठन भएको लामो समयपछि विस २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो।

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो। हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्।

यस बर्ष भने सरकारले २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।

निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकको अवस्थामा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरिएको हो।

सरकारले भदौ २२ गते मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका लागि विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ।

प्रकाशित: Sep 07, 2026| 07:20 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्