सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आजदेखि तुइनखोलामा माटो कटान कार्य गरिंदै, सवारी आवागमनमा आंशिक रोक

आजदेखि तुइनखोलामा माटो कटान कार्य गरिंदै, सवारी आवागमनमा आंशिक रोक

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउन आजदेखि सवारी आवागमनमा आंशिक रोक लगाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजदेखि प्रत्येक दिन सवारी साधन सञ्चालनमा रोक लगाएर माटो कटानको काम गरिनेछ। सडकखण्डमा सवारी साधनको आवागमन न्यून रहेको समयको सदुपयोग गर्दै कामलाई तीव्रता दिन यस्तो व्यवस्था गरिएको हो। हाल मुग्लिन-काठमाडौँ सडक अन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने कार्य भएकाले सडक बन्द रहेको छ।

प्रशासनले बिहान ६ देखि ८ बजेसम्म, ८: ३० देखि १०: ३० बजेसम्म, ११ देखि १ बजेसम्म, दिउँसो १: ३० देखि २: ३० बजेसम्म र ४ देखि ६ बजेसम्म सवारी आवागमन रोक्ने बताएको छ।

माटो कटान कार्यका कारण सवारी साधन प्रभावित हुने भएकाले यात्रुले उक्त तालिकाअनुसार यात्रा तथा सवारी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित: Sep 07, 2026| 07:14 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्