नुवाकोट। भोटेकोशी बाढीबाट नुवाकोटमा २६०८ जना सम्पर्कविहिन भएका छन्।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको अपडेट अनुसार नुवाकोटबाट १८७७ पुरुष, ४६५ महिला, १०४ विदेशी पुरुष, १०७ विदेशी महिला र ५५ जना नखुलेका मानिस सम्पर्कविहिन रहेका छन्।
प्रशासनले अहिलेसम्म जिल्लाका ३४०३ जनाको उद्धार गरिएको जानकारी दिएको छ। त्यसैगरी नुवाकोटमा अहिलेसम्म १९३ जनाको शव निकालिएको छ। जसमा १२० जना लिंग पहिचान नभएका रहेका छन्।