आइतबार, भदौ २१, २०८३

गाउँपालिका अध्यक्षसहित आठ जना क्यासिनोबाट पक्राउ

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

वीरगञ्ज- पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार राति प्रहरीले वीरगञ्जस्थित गण्डकको क्लार्क रिसोर्टमा रहेको क्यासिनोमा विशेष अभियान सञ्चालन गर्दा अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज समेत रहेका प्रहरी इन्स्पेक्टर प्रदिप पौडेल समेत रहेको बताइएको छ।  

प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको ना१झ १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले अध्यक्ष यादवसहित आठ जना नियन्त्रणमा परेको पुष्टि गर्दै आज सार्बजनिक गर्ने तयारी गरेको बताएको छ।

प्रकाशित: Sep 06, 2026| 12:51 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्