आइतबार, भदौ २१, २०८३

पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज साँझसम्म बन्द

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, परेवाभिरमा भोटेकोशीको बाढीले क्षतिग्रस्त बनाएको सडक मर्मत कार्य नसकिएपछि आज आइतबार पनि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मर्मत कार्य अधुरै रहेकाले आज आइतबार पनि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

यसअघि शनिबारका लागि तोकिएको बन्दको समयसीमाभित्र मर्मत कार्य सम्पन्न नभएपछि सडक बन्दको अवधि थप एक दिन लम्ब्याइएको जिल्ला प्रशासनले उल्लेख गरिएको छ। तोकिएको बन्दको समयमा एम्बुलेन्स र शववाहन जस्ता अति आवश्यक सेवाका सवारी साधनहरू भने सञ्चालन गर्न पाइनेछन्।  

सडक बन्दका कारण यात्रामा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना गर्दै सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: Sep 06, 2026| 07:35 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्