शनिबार, भदौ २०, २०८३

भोटेकोशी बाढीपछि पाँच हजार सम्पर्कविहीन

 |  शनिबार, भदौ २०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०८३

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ हजार जना सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ५ हजार जना सम्पर्कविहिन रहेका हुन्। 

सम्पर्कविहीन हुनेमा रसुवाका १९६७, नुवाकोटका २३४० र विदेशी नागरिक ५८९ रहेको विवरणमा उल्लेख छ। त्यस्तै अहिलेसम्म सुरक्षाकर्मी करिब १०० जना सम्पर्कमा नरहेको प्राधिकरणले जानकारी दिएको छ।

त्यस्तै अहिलेसम्म १३४४ जनाको शव फेला परेको छ। जसमा रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, चितवनमा ३६०, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २३० जनाको शव फेला परेको छ।त्यस्तै बाढीबाट घाइते भएका २ जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ।

अहिलेसम्म ९६ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ। फेला परेका शवमा ५०१ जनाको आंशिक अवशेष मात्र भेटिएको प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित: Sep 05, 2026| 15:47 शनिबार, भदौ २०, २०८३
प्रतिक्रिया दिनुहोस्