शुक्रबार, भदौ १९, २०८३

हुलाकबाट आएको पार्सलमा थाई गाँजा भेटिएपछि चार जना पक्राउ

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं। हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजा १ किलो ९१० ग्रामसहित चार जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय हुँदै इटहरी पठाइएको पार्सल जाँच गर्दा ९१० ग्राम थाई गाँजा बरामद गरेको थियो।

त्यसपछि पार्सल बुझ्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले नियन्त्रणमा राखेर पार्सल बुझाउने योजना बनाएको थियो। भदौ १६ गते पार्सल बुझेर लैजाँदै गरेका सुनसरीका १९ वर्षीया जेसिका तामाङ र धनकुटाकी २५ वर्षीया तारा मगर पक्राउ परेका थिए।

उनीहरू बस्दै आएको धरान उपमहानगरपालिका–१५ स्थित कोठामा खानतलासी गर्दा थप १ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गाँजा लिन आएका भारतका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आरलाई पनि भदौ १९ गते धरान उपमहानगरपालिका–८ बाट पक्राउ गरिएको छ।

प्रहरीले चारै जनाको साथबाट थाई गाँजा १ किलो ९१० ग्राम र चार थान मोबाइल बरामद गरेको जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय धरान र लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 04, 2026| 20:54 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्