शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चीनले नेपाललाई मौसम तथा जलविज्ञानसम्बन्धी सूचना नियमित उपलब्ध गराउने

चीनले नेपाललाई मौसम तथा जलविज्ञानसम्बन्धी सूचना नियमित उपलब्ध गराउने

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं। चीनले नेपाल-चीन सीमा क्षेत्रको केरुङ-रसुवा नाका नजिकै ठूलो पहिरो गएपछि नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा विपद्को प्रभावसम्बन्धी जानकारी नियमित उपलब्ध गराउँदै आएको जनाएको छ।

चीनको मौसम प्रशासनका प्रवक्ताले विपद्पछि तत्कालै नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरिएको जानकारी दिएका छन्। नेपालमा जारी उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍याउन चीनले मौसमसम्बन्धी आवश्यक सूचना र प्राविधिक सहयोग सक्रिय रूपमा उपलब्ध गराइरहेको जनाएको छ।

चीनको जलस्रोत मन्त्रालयले पनि नेपालसँग आपत्कालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने जनाउदै यसअन्तर्गत नदीमा बनेका अवरोध तथा हिमताल फुट्न सक्ने जोखिमसम्बन्धी सूचनासमेत नेपाललाई उपलब्ध गराइने बताएको छ।

यसबाट बाढी, पहिरो तथा अन्य जलजन्य विपद्को जोखिमबारे समयमै जानकारी प्राप्त गरी नेपालमा जारी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: Sep 04, 2026| 16:22 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्