शुक्रबार, भदौ १९, २०८३

भोटेकोशी बाढीपछि १२८७ जनाको शव भेटियो

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२८७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२८७ जनाको शव फेला परेको हो। जसमा रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६३, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१९ र नवलपरासी पश्चिममा २१२ जनाको शव फेला परेको छ।

अहिलेसम्म ९६ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ५ हजार ८३ जना सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा रसुवाका २१३०, नुवाकोटका २३४० र विदेशी नागरिक ५८३ रहेको विवरणमा उल्लेख छ।

प्रकाशित: Sep 04, 2026| 13:58 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्