शनिबार, भदौ २०, २०८३

साउथ अस्ट्रेलियासँग नेपाल 'ए' पराजित

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- साउथ अस्ट्रेलियाले नेपाल ए लाई १३८ रनले पराजित गरेको छ।

शुक्रबार सम्पन्न खेलमा साउथ अस्ट्रेलियाए दिएको २०६० रनको लक्ष्य पछाएको नेपाल ए ले २२.१ ओभरमा अल आउट हुदै १२१ रन मात्र बनाएको थियो। 

यसअघि एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको नेपाल ए ले २६० रनको लक्ष्य पाएको थियो। टस जितेर पहिला ब्याटिंग गरेको साउथ अस्टेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २५९ रन बनाएको थियो। 

एकदिवसीय सिरिजमा नेपाल ए को यो लगातार दोस्रो हार हो। पहिलो खेलमा तासमानियासँग पराजित भएको थियो। अब नेपाल ए ले सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ।

प्रकाशित: Sep 04, 2026| 13:51 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्