शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिशूली-३ एबाट दुई जनाको सकुशल उद्धारपछि कुलमान घिसिङले के भने ?

त्रिशूली-३ एबाट दुई जनाको सकुशल उद्धारपछि कुलमान घिसिङले के भने ?

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलेभदौ १० गते त्रिशूली नदीमा आएको प्रलयकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहमा फसेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सकुशल उद्धार सुरु भएको खबरले आफूलाई अत्यन्तै खुसी र राहतको अनुभूति भएको बताएका छन्।

घिसिङले त्रिशूली–३ एबाट दुई जनाको सकुशल उद्धार हुनुले रसुवागढी र चिलिमे जलविद्युत् केन्द्रका भूमिगत विद्युत्गृह तथा माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरू पनि सकुशल रहेको आशा र विश्वास थप बलियो भएको बताएका छन्।

उनले ती आयोजनामा फसेका सबै व्यक्तिको खोजी तथा सकुशल उद्धारमा तत्काल र तदारुकताका साथ ध्यान केन्द्रित गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्।

घिसिङले भनेका छन्- 'रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनामा फस्नुभएका सबै व्यक्तिको खोज तथा सकुशल उद्धारमा तत्काल र तदारुकताका साथ ध्यान केन्द्रित गर्न सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु।'

उनका अनुसार उद्धार कार्यमा उपलब्ध विज्ञता, प्राविधिक क्षमता तथा साधनस्रोतअनुसार हरसम्भव सहयोग भइरहेको छ र आगामी दिनमा पनि निरन्तर सहयोग गरिनेछ। घिसिङले उद्धार कार्यमा अहोरात्र खटिएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।

प्रकाशित: Sep 04, 2026| 12:42 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्