शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुईको सकुशल उद्धार

फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुईको सकुशल उद्धार

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

पोखरा- कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा खसेको भारतीय नम्बरको कारबाट दुई जनाको सकुशल उद्धार गरिएको छ भने दुई जनाको मृत्यु भएको छ।

पोखराको लेकसाईडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार गति अनियन्त्रित भई सो तालमा खसेको थियो।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो।

उक्त कारमा सवार भारत घर बताउने २७ वर्षिय अनमोल कुमार यादव र ३३ वर्षिय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्वार गरी उपचारको लागि पोखरास्थित जिएमसी अस्पताल लगिएको छ। उनीहरुको अवस्था भने मध्यम रहेको छ।

त्यस्तै, सो कारमा सवार भारत घर भएका २६ वर्षिय नवदीप कुमार यादव र २६ वर्षिय प्रियान्सु पाण्डेलाई सशस्त्र प्रहरीको गोताखोरले उक्त तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। सो पश्चात उनीहरुलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान करीव ६ बजेर २० मिनेटको समयमा मृत्यु घोषणा गरिएको हो। सो तालमा खसेको कारलाई समेत क्रेनको माध्यमबाट बाहिर निकालिएको छ।

प्रकाशित: Sep 04, 2026| 12:41 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्