शुक्रबार, भदौ १९, २०८३

त्रिशूली–३ ए सुरुङबाट दुई जनाको जीवित उद्धार

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- रसुवास्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप एक जनाको जीवित उद्धार गरिएको छ।

सुरुङबाट मेकानिकल फोरम्यान  सञ्जय शाह  र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत कबीर महर्जनको उद्धार गरिएको हो। दुवैलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याउन लागिएको बताइएको छ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको छ। उनीहरूको खोज तथा उद्धारका लागि उद्धार टोलीले काम जारी राखेको छ।

दुवैलाई सुरुङमा थुनिएको ९ दिनपछि सकुशल उद्धार गरिएको हो।

प्रकाशित: Sep 04, 2026| 09:55 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्