शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिशूली ३ 'ए' मा उद्धारमा खटिएका सांसद न्यौपानेले भने- सुरूङबाट मान्छेको आवाज सुनियो

त्रिशूली ३ 'ए' मा उद्धारमा खटिएका सांसद न्यौपानेले भने- सुरूङबाट मान्छेको आवाज सुनियो

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- रसुवाको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बताएका छन्।

न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीबाट सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी प्राप्त भएको हो। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको उनले बताएका छन्।

सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेत भएको न्यौपानेले उल्लेख गरेका छन्। उनले यसले सुरुङभित्र फसेकाहरूलाई सकुशल उद्धार गर्न सकिने आशा थपिएको बताएका छन्।

प्रकाशित: Sep 04, 2026| 07:34 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्