बिहीबार, भदौ १८, २०८३

माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ।

विहिबार बिहान बाटो काट्ने क्रममा सु.प.प्र.०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले ठक्कर दिँदा स्वस्तिका न्यौपाने घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बिहान ११: ०७ बजे टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले माइक्रोबस चालक प्रताप चौधरीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 03, 2026| 13:31 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्