बिहीबार, भदौ १८, २०८३

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (बुधबार) बिहान ६ः३५ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ। 

बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ। 

रसुवाको उत्तरगया गाउँपालिका—५ खाल्टेमा बाढीका कारण त्रिशुली—मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।

शिवपुरी गाउपालिका ८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो। 

प्रकाशित: Sep 03, 2026| 07:11 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्