बुधबार, भदौ १७, २०८३

भोटेकोशी बाढीपछि अहिलेसम्म १२०४ जनाको शव भेटियो

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२०४ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२०४ जनाको शव फेला परेको हो। जसमा रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७  र नवलपरासी पश्चिममा २०२ जनाको शव फेला परेको छ।

अहिलेसम्म ९५ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार २१६ जना सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९०० जना, रसुवाका ८६५, नुवाकोटका १५५८ जना रहेका छन्। त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १४ तथा अध्यागमन कार्यालयका ३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

यसैगरी, ५८३ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १६४ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्यसैगरी अहिलेसम्म जनप्रतिनिधि ७ जना, स्थानीय तह वा अन्तर्गतका कर्मचारी ३२ जना र निजी विद्यालयका शिक्षक एक जना सम्पर्कविहिन रहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै प्राधिकरणले हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरेको छ भने बाढीबाट हालसम्म ३०१ घाइते भेएकोमा १९५ जना अस्पतालबाट डिस्चार्ज भैसकेका छन्। 

प्रकाशित: Sep 02, 2026| 20:50 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्