बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं उपत्यकामा भित्रिने दैनिक उपभोग्य मालवाहक सवारी साधनको वैकल्पिक मार्ग प्रयोग, बुलेट आयातमा सकस

काठमाडौं उपत्यकामा भित्रिने दैनिक उपभोग्य मालवाहक सवारी साधनको वैकल्पिक मार्ग प्रयोग, बुलेट आयातमा सकस

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं। रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिए सँगै पहिरो गएपछि काठमाडौं उपत्यकामा आयातित दैनिक उपभोग्य साम्रागीलगायत सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। 

त्रिशूली नदीमा आइतबार आएको बाढीले तल्लो भाग कटान गरेसँगै कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएपछि उपत्यकामा आयातित दैनिक उपभोग्य साम्रागीलगायत सवारी साधन वैकल्पिक मार्गमार्फत भित्रिन थालेका छन्। 

सडक भासिए सँगै अहिले उपत्यकामा भित्रिने र उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि दुई वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। मालवाहक तथा ठुला यात्रुवाहक सवारीसाधनले उपत्यकामा भित्रिदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १२ गते सूचना जारी गर्दै दस चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठुला यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै उपत्यकामा भित्रिने रुट व्यवस्थापन गरेको छ। भने, दस चक्कासम्मका सवारीसाधन काठमाडौँबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरेको छ। 

दैनिक उपभोग्य वस्तुहरू खाद्यान्नलगायत डिजेल, पेट्रोललगायत अरू समाग्रीहरु वैकल्पिक राजमार्गको प्रयोगमार्फत उपत्यकामा भित्रिन थालेका छन्।  

नेपाल आयल निगम लिमिटेडका प्रवक्ता मनोज ठाकुरका अनुसार उपत्यका जोड्ने सडक अन्तर्गत कृष्णभीरमा पहिरो गएपछि दैनिक उपभोग्य पेट्रोलियम पदार्थ आयात हुन नसकेको भए पनि अहिले वैकल्पिक सडकको प्रयोगमार्फत पेट्रोलियम पदार्थ ढुवानी भइरहेको छ। 

डिजेल र पेट्रोललाई वैकल्पिक सडकको प्रयोगमार्फत ढुवानी भइरहेको बताउँदै प्रवक्ता ठाकुरले ग्यासको हकमा उपत्यकालगायत धादिङमा रहेका १८ वटा ग्यास उद्योगमा बुलेट (ग्यास) आयात हुन नसकेको बताए। 

प्रशासनले १४ सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारीसाधन काठमाडौंबाट हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने रुट निर्धारण गरेको छ। उपत्यकातर्फ आउँदा भने भीमफेदी–कुलेखानी –सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तय गरेको छ। 

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीको चाप बढेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ।

वैकल्पिक राजमार्गमार्फत दैनिक उपभोग्य वुस्तुहरु आयात भइरहेको भए पनि ग्यास भने अझै आयात हुन सकेको छैन्। 

निगमका प्रवक्ता ठाकुरले वैकल्पिक राजमार्गबाट उपत्यकामा डिजेल र पेट्रोल आयात भइरहेको भए पनि ग्यास बुलेट भने वैकल्पिक सडकबाट आयात हुन नसक्ने अवस्था रहेको बताए। उनले पृथ्वीराज मार्ग अन्तर्गत कृष्णभीरको सडक निर्माण हुन नसक्दासम्म बुलेटलाई आयात गर्ने नसकिने बताए। 

प्रवक्ता ठाकुरले भने,‘काठमाडौंमा भएका उद्योग र धादिङमा भएका उद्योगका खालस् ग्यासका सिलिन्डर ट्रकमा लोड गरेर तराईमा लगेर तराईमा कहाँ–कहाँ छन्। त्यहाँ बुलेरहरुलाई राखेर त्यहीँबाट रिफिलिङ (सिलिन्डरमा ग्यास) भरेर ट्रकमार्फत दसनावी गर्नु बाहेक अरू विकल्प छैन।’ 

भारतबाट बुलेट आयात भइरहेको भए पनि उपत्यकामा ल्याउन सक्ने अवस्था नरहेको निगमको भनाइ छ। उपत्यकामा भएका ग्यास उद्योगहरूको सिलिन्डर तराईमा पठाउने र त्यहाँका ग्यास उद्योगबाट ग्यास भरेर ट्रकमार्फत दुनावी गर्ने तयारीमा रहेको प्रवक्ता ठाकुरले बताए। 

ग्यास ढुवानीका लागि ट्रकहरू एकै पटक नपाइने भएकाले संघ सँग समन्वय भइरहेकाले एक/दुई दिनमा खाली सिलिन्डरलाई तराईमा पठाइने उनको भनाइ छ। 

उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउनुका साथै बजारमा हुने कालोबजारी रोक्नका लागि विभिन्न रणनीतिका साथै अघि बढिरहेको आपूर्ति मन्त्रालयले जनाएको छ। 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार उपत्यकामा आयातित दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहजका बनाउनका लागि पृथ्वीराज मार्ग तत्काल नखुल्ने भएकाले त्यस बाहेक अन्य राजमार्गलाई व्यवस्थित तरिकाले आपूर्ति सहज बनाएर सावरी साधन सञ्चालन गर्ने तयारी छ। 

त्रिभूवन राजमार्गबाट उपत्यकामा भित्रिने सवारीसाधनलाई फरक समय मिलाएर मालवाहक सवारीसाधनलाई कुनै समस्या नपर्ने हिसाबले मिलाइएको उनले बताए। उनका अनुसार बुलेट आयात गर्ने नसक्ने हुँदा तराईमा ग्यासको सिलिन्डर लगेर उतै ग्यास भरेर ढुवानी गर्नुपर्ने देखिएकाले यसको व्यवस्थापनमा गरिँदै छ। 

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि र माल सामग्रीको अभाव हुन नदिनका लागि व्यवसायीहरू सँग यस विषयमा छलफल गरिरहेको मन्त्रालयले जनाएको छ। बजार कालोबजारी रोक्न र मालसाम्रगीको अभाव हुन् नदिनका लागि बजार अनुगमनको तीव्रता बढाउनका लागि १० वटा टोली बनाएर बजारमा परिचालन समेत गरिएको उनले बताए। बजार अनुगमनलाई जनशक्तिको आवश्यकता अनुसार अझै बढाएर लैजाने तयारीमा समेत रहेको उनको भनाइ छ। 

पृथ्वी राजमार्ग अवरुद्ध बन्ने सँगै अन्य वैकल्पिक राजमार्ग प्रयोगमा ल्याउने र त्यस बाहेक सवारीसाधनलाई सहजिकरणलाई विभिन्न निकाय सँगै छलफललगायत आगामी दिसाबारे मन्त्रालय अघि बढिरहेको जनाएको छ। 

पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार उपत्यकामा भित्रिने सवारी साधनलाई के कसरी सहज बनाउन सकिन्छ भनेर यस विषयमा छलफल भइरहेको छ।
अहिले तत्काललाई प्रशासनले सवारी साधनको व्यवस्था लागू गरेको त्यहीँ व्यवस्था अनुसार सवारी साधनहरू आवतजावत हुने उनले बताए। 

अहिले सञ्चालनमा आएका राजमार्ग बाहेक अन्य हिसाबले के गर्ने सकिन्छ भने विषयमा छलफल भइरहेकाले प्राविधिक दृष्टिकोणले जुन उपयुक्त हुन्छ त्यहीँ निर्णय अनुसार अगाडि बढ्ने उनको भनाइ छ।

प्रकाशित: Sep 02, 2026| 15:51 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्