बुधबार, भदौ १७, २०८३

जनताको जीवनरक्षामा लडिरहेका छौं- प्रधानमन्त्री शाह

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढीपछि सरकार जनताको जीवनरक्षामा लडिरहेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको घडीमा दृढ संकल्पका साथ सरकार जनताको जीवन रक्षमा लडिरहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले भदौ १० गते भोटेकोशीमा आएको भिषण बाढीपछि सरकारले गरेका कामको विवरण संसदमा जानकारी दिएका थिए। उनले खोज उद्धार र राहतलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको बताउदै बाढीको दोस्रो दिन आफै नुवाकोट पुगेर स्थलगत अनुगमन समेत गरेको जानकारी दिए।

उनले प्रधानमन्त्री राहत कोषमा सहयोग आउने क्रम जारि रहेको बताउदै अहिलेसम्म ७ अर्ब ८८ करोड ५७ लाख जम्मा भएको जानकारी दिए।

प्रधानमन्त्री शाहले बाढी प्रभावितका लागि सहयोगमा अन्तर्राष्ट्रिय सहयोग पनि उल्लेख्य प्राप्त भइरहेको भन्दै अन्तर्राष्ट्रिय विकास साझेदारहरुले पनि सहयोग गरिरहेको संसदमा जानकारी दिएका छन्। उनले बाढी प्रभावित क्षेत्रमा ९६ प्रतिशत संचार सेवा पुनर्स्थापित भएको बताए।

अहिले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक प्रसारण मार्फत विद्युत आपूर्ति गरिएको र क्रमश सबै स्थानमा विद्युत पुन: आपूर्ति गरिने उनले संसदमा जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले बाढीले बगाएका पुललाई पुन: निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको बताउदै बेलिब्रिज पुल छिटै निर्माण गर्ने बताएका छन्। प्रधानमन्त्री शाहले हामीले जलवायु परिवर्तनका कारण भोगेको असर बारे सचेत हुनैपर्ने बताउदै यस बारेमा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउने बताए।

प्रधानमन्त्री शाहले यो विपद पूर्वानुमान भन्दा बाहिरको कुरा भएको बताउदै मानव सभ्यताकै ठुलो विपद भएको बताए।

प्रकाशित: Sep 02, 2026| 13:41 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्