बुधबार, भदौ १७, २०८३

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- पर्वत र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पर्वतमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कुश्मा नगरपालिका–९ बस्ने ४१ वर्षीय श्रीप्रसाद राई पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै, धादिङमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गजुरी गाउँपालिका–५ बस्ने २२ वर्षीय रामकृष्ण विक पक्राउ परेका छन्। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: Sep 02, 2026| 12:49 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्