बुधबार, भदौ १७, २०८३

चीनले भन्यो- हिमनदी भत्किने जोखिम अझै छ

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- चीनको जलस्रोत मन्त्रालयले सीमाको चोचेन खोला नदीमा पहिरो खसेर बनेको प्रभाव क्षेत्र आसपासका हिमनदीहरू अझै भत्किने जोखिममा रहेको जनाएको छ।

चीनको सरकारी समाचार संस्था सीसीटीभीका अनुसार चीनको जलस्रोत मन्त्रालयले दक्षिणपश्चिमी तिब्बतको ग्यिरोङ जिल्लामा भएको विपद्सँग जोडिएका जोखिमबारे निरन्तर परामर्श र समग्र मूल्यांकन गरिरहेको उल्लेख गरेको छ।

हालै गरिएको सेटेलाइट तस्बिरको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ त्साङ्पो नदी जलाधार क्षेत्रमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन। ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

मंगलबार बिहान ८ बजे ड्रोनबाट खिचिएका तस्बिरका आधारमा चोचेन खोला नदीमा बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको ठूलो हिस्सा बाहिरिइसकेको छ। नदीको तल्लो क्षेत्रमा पानीको बहाव पनि सामान्य अवस्थामा फर्किएको जनाइएको छ।

तर प्रभाव क्षेत्र आसपासका हिमनदीहरू अझै भत्किन सक्ने जोखिम रहेको र त्यसबाट थप खतरा उत्पन्न हुन सक्ने चेतावनी चीनको जलस्रोत मन्त्रालयले दिएको छ।

प्रकाशित: Sep 02, 2026| 08:39 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्